पछाडी फर्केर हेर्दा : करिब १२ वर्ष

मिति २०७९ फाल्गुन २९ गते बेलुका ५ः१५ बजे फेसबुकमा पोस्ट भएको......... अबको यात्रा CTEVT👇

Center for Information Technology मा  : २ वर्ष

शिक्षण पेशामा : करिब १ वर्ष (Gyansarovar Niketan)
SFACL पृथ्वीनगर : करिब ५ वर्ष
Access To Finance in Karnali Province (SKBBL) : २ वर्ष ६ महिना
सिप परियोजना (Skills for Employment Programme-SKBBL) : १ वर्ष 
यश अवधिमा शैक्षिक उपलब्धी : Completed Master Degree in Education, Going to complete Master Degree in Public Administration
मेरो हाल सम्मको अनुभव र सफलताको श्रेयमा मेरो परिवार (ममी, बुवा, दाजु, भाउजु र प्यारो भतिज), भिनाजु Dp Koirala , दिदि Sunu Mishra , सोल्टी बि. कृष्ण कोइराला  लगायत सम्पूर्ण आफन्तजनलाई सम्झन चाहान्छु ।
मलाई मेरो सफलतामा शुभकामना प्रदान गर्नुहुने सम्पूर्ण आफन्तजन, आदरणीय व्यक्तित्व, नेपाल सरकारका विभिन्न निकायमा रहनुहुने दाजुहरु (मलाई कम्प्युटर सिप परिक्षण र अन्तरवार्तामा थप Idea Share गर्नुहुने दाजु Khagendra Bardewa, Tp Bhandari  लगायत)  नेपाल भित्रै पेशा व्यवसाय गर्नुहुने तथा विदेशमा रहनुहुने दाजु दिदि तथा भाईहरु, मेरा सहब्याजी साथीहरु लगायत सम्पूर्ण व्यक्तित्वहरुप्रति आभारी छु । यस्तो हौसला र प्रेरणा आगामी दिनमा पनि पाइरहुँ यसले मलाई थप उचाइमा पुग्न प्रोत्साहन मिल्नेछ ।
यसरी काम गर्ने शिलसिलामा जागीरे जीवन एक दशक पार भइसकेछ । यो अवधिमा विभिन्न क्षेत्रहरुको अनुभव लिँदै नेपालको पूर्व मेची देखि पश्चिम महाकालीसम्मको विभिन्न जिल्लाहरुको सामाजिक,साँस्कृतिक, आर्थिक, राजनीतिक, भौगोलिक आदी क्षेत्रको राम्रैसँग अध्ययन गर्ने मौका पाएँ । 
यसो गन्दै जाँदा नेपालका ४७ वटा जिल्लाहरु त पुगिसकेको रहेछु ।😀
अब साना किसान मा काम गर्दा:👇👇
मलाई संस्थाका कर्मचारी साथीहरु धेरैले सोधीरहने  प्रश्न : सर तपाई साना किसान मै हुनुहुन्छ नी ? (किनकि म अध्ययन गर्न जाँदा संगठन छोडेर गएको जसरि Area Office बाट बिदाई हुने  चाहाना राखिन।)👇👇

मेरो जीवनमा हालसम्म सबैभन्दा धेरै ज्ञान हाँसिल गर्दै मेरो क्षमता विकासमा महत्वपूर्ण सहयोग गर्ने संगठन जहाँ मैंले मेरो उर्जावान् समयलाई व्यतित गरेको  संगठनको रुपमा साना किसानलाई लिएको छु । यस संगठनमा आबद्ध हुँदाका अनुभवहरु मेरो लागि अविस्मरणीय नै छन् ।👇
१) कालीकोटको गाल्झे भन्ने ठाउँबाट तिला नदीको तिरैतिर राती करिब १०:०० बजे सम्मको ५ घण्टा  लामो पैदल यात्रा । (रातीको समयमा बाटो भुलेर अल्मलीएको क्षण)
२) कर्णाली राजमार्गको कालीकोट खण्डको राती १०:०० बजे सम्मको बाइक यात्रा
३) कोरोना Lockdown को समयमा सुर्खेत देखि झापा सम्मको करिब २९ घण्टाको रातभरीको बाइक यात्रा ।
४) रारा हेर्ने सपना लिएर गएको हामी बिच बाटोबाट फर्कीनु परेको नरमाइलो क्षण
यस्तै यस्तै .......
यो बेला म साना किसानका आदरणीय अध्यक्ष Khem Pathak , आदरणीय CEO डा. Shivram Prasad Koirala , आदरणीय DCEO Jhalendra Bhattarai  Sir (प्रेरणाको श्रोत), आदरणीय DCEO डा. @Nawaraj Simkhada, Project Co-ordinator Krishna Aryal लगायत विभागिय प्रमुख र सबै Area Office का Area Manager लगायतको टिम, सँगै काम गर्ने अवसर मिलेको आदरणीय Area Manager सरहरु Ganesh Bhattrai, Sher Bahadur Chaudhari  र Dornaraj Ghimire  सर, मलाई कर्णालीमा सुरुका दिनमा काम गर्दा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सुझाव प्रदान गर्नुहुने Nir Bahadur Adhikari  Sir, साथी Suman Pandey  लगायतका साथीहरु, अनी मेरो अध्ययनलाई फोन मार्फत हौसला प्रदान गरीरहनुहुने Padam Regmi  सर, साथी YogRaj Joshi , Navaraj Dangi , Bp Nepal , Krishna Dhakal , Manoj Kc Chhetri(भरखरै सिफारिस हुनुभएको सुब्बा साब) लगायतका सहब्याजी र कामको सिलसिलामा सहकार्य गरेका सम्पुर्ण साथीहरु त्यस्तै साना किसान पृथ्वीनगरका संचालक समितिका पदाधिकारी ज्यू, लेखा समिति संयोजक Shiva Rajbhandari  सर लगायतका सदस्य ज्यूहरु, मुख्य प्रबन्धक Devi Prasad Koirala  लगायत सम्पूर्ण कर्मचारी साथीहरु, कर्णालीमा म आफैं प्रत्यक्ष संलग्न भएर निर्माण भएका संस्थाका पदाधिकारी र कर्मचारी साथीहरुलाई सम्झन चाहान्छु । अनी नेपालका १००० भन्दा बढी साना किसान संस्थाहरु प्रति मेरो सम्झना रहीरहनेछ ।
यती ठूलो सञ्जालमा देशका विभिन्न जिल्लामा गएर यसरी काम गर्ने अवसर पाउने सायद कमै हुन्छन् ।
मैंले साना किसानमा ८ वर्ष रहँदा संगठनलाई कति फाइदा पु¥याएँ भन्ने त म यकीन गर्न सक्दीन तर मैँले मेरो तर्फबाट मेरो क्षमताले भ्याए सम्म सक्दो राम्रो Result दिने प्रयास गरेको छु जस्तो लाग्छ ।
अब अगाडिको यात्रा...
आउँदा दिनहरुमा म अब नियुक्ति भएर जाने क्षेत्रको विषयमा अध्ययन गर्दा कुनै न कुनै रुपमा साना किसानको सिप र क्षमता विकासमा सहकार्य गर्न सक्छ की भन्ने महसुस गरेको छु । आशा छ सहकार्य गर्ने मौका मिल्नेछ । त्यसैले नेपालको सबैभन्दा पूरानो सामुहीक कार्यक्रम (२०३२ सालबाट सुरु भएको), नेपाली मोडलको सामुहीक कार्यक्रमको रुपमा अन्तर्राष्ट्रिय रुपमा समेत चिनिएको यस साना किसान परिवारको उच्च सफलताको शुभकामना व्यक्त गर्दछु ।

अबको कर्मथलो....प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् (CTEVT) कोशी प्रादेशीक कार्यालय इटहरीमा प्रशासकीय अधिकृतको रुपमा........🙏🙏
Cmnt मार्फत शुभकामना व्यत्त गर्नुहुने सबैमा सम्झना सहित पुन: आभार व्यक्त् गर्दछु ।🙏

आज आदरणीय सरसँग  भेट्ने अवसर जुर्यो ।
सर अलि अस्वस्थ हुनुहुँदो रहेछ । 
हजुरको शिघ्र स्वास्थ्य लाभको कामना सर ।🙏🙏👇

Comments