सहकारी सञ्चालनका नौ उपयोगी टिप्सहरु !!!

यहाँ उल्लेख गरेका कुराहरु स साना छन्, तर यसको अप्रत्यक्ष रुपमा ठूलै भुमीका रहेको हुन्छ ।

१)  महत्वको अनुभूती 
सदस्यहरुलाई महत्व दिएको अनुभूती गराउनुहोस् । सदस्यहरु विपत्मा परेको बेला जो विपतमा परेको छ, उनीहरुलाई प्राथमीकता दिनुहोस्, महामरीको समयमा समेत आफ्ना सदस्यहरुको अवस्था बारे सम्पर्क गरेर भए पनि कस्तो छ ? भनेर बुझ्ने प्रयास गर्नुहोस् । जसले गर्दा सदस्यहरुलाई संस्थाले हामीलाई महत्व दिएको छ भन्ने कुराको महसुस होस् ।

२) पहिलो पाँच सेकेन्ड
सदस्यसँगको पहिलो पाँच सेकेन्डलाई सही ढंगले उपयोग गर्नुहोस् । उनीहरुसँग कार्यालयको समय वा अन्य समयमा भेट्दा शिष्ट भाषामा सम्बोधन गरी सन्चै हुनुहुन्छ ?, खबर कस्तो छ ?, केही अफ्ठ्यारो भएको छ की ? जस्ता शिष्ट र नम्र शब्दहरुको प्रयोग गर्नुहोस् । कार्यालयमा सदस्यहरुलाई शिष्ट तरीकाले स्वागत गरी काम गरीदिनुहोस् । वास्ता नगरेजस्तो व्यवहार पिटिक्कै नगर्नुहोला । Morning shows the day भने जस्तै त्यो ५ सेकेन्डले सदस्यको सहकारीप्रती माया बढेर जान्छ ।  

३) समय दिएर कुराकानी
सदस्यहरुसँग समय दिएर कुराकानी गर्नुहोस् । जस्तै ः सदस्य आएको बेला संस्थाको कारोबारको कुरा मात्र नगरेर वहाँको अवस्था, अनी के सामान लिएर आउनुभयो ? परिवारमा कोही सदस्य बाहीर छन् ? भनेर वहाँहरुको अवस्थाको बारेमा पनि चसो राख्नुहोस् । आफ्नै परिवारको सदस्य जसरी वहाँहरुको केयर गर्नुहोस् ।

४) अन्तरक्रियामा प्राथमीकता 
संस्थाले आयोजना गर्ने विभिन्न गोष्ठी, सेमीनार, अन्तरक्रियाहरुमा सदस्यहरुलाई प्राथमीकता दिनुहोस् । सदस्यहरुलाई आफूलाई लागेका कुराहरु निर्धक्कसँग भन्ने समय दिएमा संस्थाप्रतीको गुनासो पोख्न पाउँछन् र त्यही बेला त्यो विषयमा स्पष्ट पारिदिनुहोस् । यसले समयमै उनीहरुको गुनासोलाई सम्बोधन गर्न सकीन्छ । जसले गर्दा संस्थामा विवाद कम आउने गर्छन । विवाद नहुनु भनेको संस्थामा समस्या वा द्धन्द्ध उत्पन्न नहुनु हो ।

५) विकल्पहरु दिने 
 सदस्यहरु समस्यामा रहेको हुन सक्छन् र हरेक समस्याको समाधान पक्कै पनि हुन्छ, त्यसैले आफ्नो संस्थाले समस्याको समाधान गर्न नसके त्यस समय सदस्यहरुलाई विकल्पहरु दिनुपर्छ । जस्तै  सदस्यलाई कृषि कार्यको बेला रसायनीक मलको आवश्यकता पर्छ, त्यस समय आफ्नो संस्थामा  भएको मल सकिएको र तत्काल मल ल्याउन पनि नसकीने भएमा मल पाउने अन्य ठाउँहरुको बारेमा भनीदिएर समन्वय गर्नुपर्छ । यस्तै अन्य कुराहरुमा पनि विकल्पहरु को खोजी गरी तरीका बताइदिनु भनेको सदस्यप्रति सहकारीको जिम्मेवारी पनि हो ।

६) सम्झनयोग्य वातावरण
संस्थाको कार्यालयमा  सदस्यहरुले सम्झन योग्य वातावरण तयार गर्नुपर्छ । यस वातावरणको सहकारीका सदस्यले आफ्नो परिवार र छिमेकीसँग पनि कुराकानी गरुन् । जस्तैः कार्यालयमा सदस्यहरुको बसाँइ व्यवस्थापन, कार्यालयको फाइलीङ्ग व्यवस्थापन, सदस्य सहायता कक्ष, अनी मौसम अनुसारको बस्नयोग्य कार्यालय आदीको व्यवस्थापन हुन जरुरी छ ।

७) अरुभन्दा फरक गर्ने । 
संस्थाहरु धेरै छन्, सबै संस्थामा एकै प्रकारको क्रियाकलाप हुँदा सदस्य दिक्क हुन्छन । त्यसैले केही फरक दिन सक्नुपर्छ । जस्तैः  संस्थामा बचत, ऋण, कृषि, स्वास्थ्य सम्बन्धीका पुस्तकहरु पुस्तकायलय बनाएर राखी “कार्यालयमा आउँ, ज्ञान बढाउँ” जस्ता कार्यक्रमहरु लागु गरौँ र सदस्य कार्यालयमा आउँदा अनिवार्य रुपमा कृषि, बचत, ऋण, स्वास्थ्य वा अन्य व्यवहारीक जीवनमा प्रयोग हुने विषयवस्तु बारे जानकारी दिने प्रणालीको विकास गरौँ । सदस्यको उत्पादनअनुसारको फरक किसिमले बचत योजना पनि ल्याउन सकिन्छ, जसले सदस्यलाई आफ्नो आम्दानी बुझ्न सहज हुनुका साथै प्रोत्साहन समेत हुन्छ, जस्तै तरकारी बचत, पशुपालन बचत, रेमीट बचत, फाट्टफुट्ट बचत (आम्दानीको श्रोत नियमीत नभई अचानक हुने आम्दानी ) आदी ।   

८) सदस्य घरदैलो कार्यक्रम
कम्तीमा पनि वर्षको एक पटक समितिका पदाधिकारी लगायत कर्मचारीहरुले सदस्यको अवस्था बुझ्न सदस्यको घर घर मा जाने र उनीहरुबाट प्रत्यक्ष रुपमा पृृष्ठपोषण लिने कार्यक्रम बनाउनुपर्छ जसले गर्दा सदस्यले संस्थाबाट उपभोग गरेका सुविधाहरुको नि प्रयोग भएको छ÷छैन अवलोकन गर्न पाइन्छ र आगामी कार्यक्रम तय गर्न नि सहयोग पुग्छ ।

९) सूचनाको सम्प्रेषण 
संस्थाबाट जारी भएका हरेक सुचनाहरु सदस्यहरुसम्म पु¥याउने संयन्त्रको विकास गर्नुहोस् । यसका लागि सामाजिक सञ्जाल, सञ्चार माध्यम,  संस्थाका अंगहरु (सञ्चालक समिति, समुह, अन्तर समुह, एकाइ समिति) आदि मार्फत सूचना सम्प्रेषण नियमीत रुपमा गरीरहनुहोस् ।

सदस्यको सानो सानो समस्या र कार्यहरुमा संस्थाकोतर्फबाट सहजीकरण मात्र भए पनि गर्न सके सहकारी संस्थालाई सबैले साथ सहयोग गर्ने र संस्था सफल भएर जाने विषयमा कुनै दुई मत छैन ।



"डरलाई सधैभरि जित्नुहोस । म सफल बन्दिन, यो काम गर्न सक्दिन, म मा खुबि र दक्षता नै छैन, म अरुजस्तो छैन भन्ने भावनालाई आजैदेखी टाढा राख्नुहोस् ।"


Comments

  1. उपयुक्त टिप्सहरू । राम्राे छ ।

    ReplyDelete

Post a Comment