सम्झनामा कालीकोट

कर्णाली प्रदेश
१) सुर्खेत
२) सल्यान
३) रुकुम पश्चिम
४) जाजरकोट
५) दैलेख
६) कालिकोट
मिति २०७६/०८/०३ गते विहान सुर्खेत बाट दैलेख तर्फ प्रस्थान गरीयो । यात्रा तय गर्नुको मुख्य उद्देश्य घुम्नु र रमाइलो गर्नु थिएन, उही त हो कार्यालयको काम । कार्यालयको कामको प्राथमीकता त छँदै छ, तर बिचविचमा रमाइलो दृश्यको अवलोकन गर्दै दृश्यहरु कैद गर्न चाँही छोडीएन । दैलेख दोस्रो पटक थियो, दैलेखमा रहेको २ वटा संस्थाको काम अनि त्यो रात दुल्लु बसाई, त्यही रात भुकम्पको हल्लाई, पहाडको बाटो यात्राको थकाई । भोलीपल्ट (२०७६/०८/०४) विहानै चिया लिई पुन: दैलेखकै २ वटा संस्थामा आवश्यक काम सकी कर्णाली राजमार्गलाई भेट्न दैलेखका गाउँहरुको सानो, धुलो र कच्ची बाटो मा कहीले ओर्लदै त कहीले सवारी साधनलाई ठेल्दै बल्ल बल्ल कर्णाली राजमार्गमा ठोक्कीयौँ । अनी राजमार्गमा विस्तारै साधनको गियर बढाउँदै अगाडी बढ्यौँ । पहिलो पटकको त्यो राजमार्गको यात्रा साँचै अविस्मरणीय भएको छ, कर्णाली नदीको तिरै तिर कालिकोट तर्फ जाँदा देब्रे साइडमा त कसरी हेँरु, बानी नहुने मान्छेलाई डर नै हुन्छ, अनि भित्तातर्फ साधनलाई च्याप्दै बेला बेला विश्राम गरी दृश्यहरु नियाल्दै, हामी कालिकोटको सदरमुकाम मान्मा साँझ ७ः३० बजे पुगी बास बस्यौँ । छोटो दिन साँझ परेको पत्तै नहुने ।
अब कुरा गराैँ कालिकोटको । पहिले त, कान्छो जिल्लाको उपनाम थियो, तिव्रिकोट भनेर नी चीनीन्थ्यो । १७४१ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको यो जिल्लाको पूर्वमा जुम्ला, पश्चिममा आछाम, उत्तरमा बाजुरा र मुगु तथा दक्षीणमा दैलेख र जाजरकोट जिल्ला पर्दछन् । अझै अहीले त पंचाल झरनाले प्रसिद्ध कालिकोट जिल्ला मा करीब १ लाख ३७ हजार जनसंख्या रहेको छ भने करीब ५८% गरीबी र ५७% साक्षरता रहेको यो जिल्लाको अधिकांश ठाउँहरुमा सञ्चार र यातायातको पहुँच पुग्न सकेको छैन ।
मिति २०७६÷०८÷०५ गते विहान कालिकोटको सदरमुकाम मान्मामा रहेको रासकोटी राजाको दरबारको भग्नावशेष अवलोकन गरी त्यही सदरमुकाममा रहेको संस्थामा छलफल र अन्र्तक्रिया गरी पुनः अर्को संस्थाको कार्यतर्फ लागियो, उक्त संस्थामा कार्य सम्पन्न गरी भोली पल्टको अर्को संस्थाको कार्यक्रमको लागि जसरी पनि त्यो संस्थामा पुग्नु थियो, उक्त संस्था चिलखाया भन्ने ठाउँमा थियो । त्यो संस्था पुग्न हिंडेर करीब २ घण्टा लाग्छ भन्ने जानकारी पाईयो तर त्यहाँको बासिन्दालाई लाग्थ्यो २ घण्टा, हामीलाई त ४ घण्टा लाग्छ भन्ने महसुस भयो तर पनि गन्तव्यमा पुग्नु नै थियो, करीब ३ः०० बजे उक्त संस्थाको काम सकी उही कर्णाली राजमार्गको तिला नदीको तिरैतिर साधनलाई अगाडी बढाइयो बाटो त सबैले पढेकै छौँ कर्णाली राजमार्गको ।
दश वर्षे जनयुद्धको अन्तीम युद्ध पिलि युद्ध (२०६२ श्रावण २३ गते) को युद्ध क्षेत्र जहाँ करीब ८ घण्टा सम्म निरन्तर बम र गोलीहरु बर्सीएका थिए, आकाशबाट गोलीहरु बर्साइएका थिए, बम पड्काइएका थिए, यही युद्धपछी नेपालमा शान्ती सम्झौता भएको थियो । १० वर्षे युद्धमा पूर्णविराम लागेको थियो । त्यहाँका मान्छेले त्यो समयको कुरा गर्दा मन छिया छिया हुन्छ, दुवै पक्षका दर्जनौँ नेपाली दाजुभाईहरुको हाताहाती भएको थियो । यही ठाउँलाई हाल संक्षरण गरेर डाँडा सम्म पुग्ने सिँडी बनाई राखीएको छ, जुन सुर्खेत–जुम्ला रोड मै पर्दछ । त्यसपछी बिच बाटोमा रहेको शेराबढामा साधनलाई रोकी हिँड्न सकीदैन की भनेर नास्ता लियाैँ र करीब ५ः३० बजे तिलागुफा नगरपालिकाको गाल्झे भन्ने ठाउँमा पुगियो, रात परिसक्यो जाने÷नजाने दोधारमा परियो, साधनलाई त्यही एउटा सानो पसलमा राखी जाने निधो गरीयो, किनभने भोलीको कार्यक्रम सकेर जसरी नी मान्मा फर्कीनु थियो, पर्सीपल्टको समिक्षा कार्यक्रम तय भइसकेको थियो । २ वटा टर्च पसलमा किनी बोक्यौँ र हाम्रो अभियानमा साथ दिने कालिकोटका साथीहरु ३ जना र हामी २ जना गरी तिला नदीको तिरै तिरको बाटो तय ग¥यौँ । परिवारमा अगाडी नै जानकारी दिँए केही समय म फिल्डमा हुन्छु, सम्पर्क नहुन सक्छ भनेर । मेरो जिवनको अहीलेसम्मको पहिलो, लामो, जोखीमपूर्ण र अविस्मरणीय यात्रा यही नै भयो । बिच बाटोमा “स्याँ स्याँ” गर्दै उकालो चढ्दै, साथीहरुको हात समात्दै बाटोमा पानि पिउँदै, टर्चले बाटो देखाउँदै, विश्राम गर्दै, बेलाबेला रमाईलो गर्दै, दैलखमा साथीहरुले झोलामा लगाइदिएको सुन्तला खाँदैै राती हिंडी नै रह्यौँ कुकुरको “भउ भउ” आवाज ले बेलाबेला तर्साइरहन्थ्यो । बत्ती बलेको देख्ने वित्तिकै गाउँ आउन लागेछ भन्ने महसुस हुन्थ्यो, अनी अनुहारमा अली चमक आउँथ्यो तर बत्ति बलेको नजीकै देखीएर नहुने पहाडको बाटामा त्यही माथी कालीकोट । अब राती करीब ८ः३० बजे बाटो पत्ता लगाउन मुस्कील भयो खेती भएको ठाउँमा आएर अल्मलीयो टर्च बलेको सहायताबाट साथीहरु लिन आउनु भयो । रातको ९ः०० बजे चिलखया पुगियो, एकछीन आराम गरी खाना लियौँ र जाडोको त कुरै नगरौँ, त्यही भएर सबै जना वरीपरि बसेर आगो ताप्यौँ र भोलीको कार्यक्रमको नी केही कुरा गरी आ–आफ्नो ओछ्यानतर्फ लाग्यौँ । (२०७६÷०८÷०६) अब विहान हुन्छ, अनी चिसो हावाले शरीर पुरै काम्छ, पानि छुन नी डर लाग्छ, अनी तातो पानि मात्र प्रयोग गर्न सकिने । चिसो पानि प्रयोग गर्दा हात नै चुडिन्छ की जस्तो । विहान चिलखायामा मिति २०७२÷११÷१४ गते भएको काष्ठमण्डपको हवाइजहाज दुर्घटनाको दुर्घटनास्थल हेर्ने इच्छा जाग्यो, जहाँ पाइलट र को पाइलटहरुको ज्यान गएको थियो भने अन्य ९ यात्रु सकुशल रहेका थिए, त्यस ठाउँको समेत अवलोकन गर्ने मौका मिल्यो । यही ठाउँको अवलोकन पश्चात त्यहाँको संस्थामा छलफल तथा अन्तरक्रिया गरी त्यही संस्थाको कार्यक्रममा भाग लिई त्यहाँ बाट पुनः हामी मान्मा तर्फको यात्रा तय ग¥यौँ । फेरी पैदल यात्रा सुरु गरीयो, अब त हिँड्न नसकेर लौरोको सहायता लिन थालीयो, लौरो टेक्दै हामी ३ घण्टा हिँडिसकेपछी साँझ ६ः३० बजे गाल्झे (सवारी साधन भएको ठाउँ) पुग्यौँ, रातीको बाटो त्यही माथी थकान राजमार्ग साँघुरो र खराब छ आज यतै वास बसेर नजाने पो हो की, भन्ने लाग्यो तर हामीलाई मान्मा नै पुग्नुपर्छ भन्ने लागेको थियो भोलिपल्ट चिसो मा झन् गारो हुने त्यही माथी अघिल्लो दिनको खुवाइ र बसाईले सन्तुष्ट भईएको थिएन । त्यही भएर साधनको गियर अगाडी बढाईयो, बाटोमा तिला नदी बगेको आवाजले तर्स्याइरहन्थ्यो । राती २ वटा सवारी साधन विपरित दिशाबाट आए भने टेन्सन भइहाल्थ्यो साइड दिनै गारो । त्यस्तै आफ्नो साइड भित्ता तर्फ नभए पनि साधनलाई भित्तैबाट च्यापेर लान्थ्याै‌ । लाग्थ्यो दिउँसो भन्दा राती नै सजिलो साइडको भिर त दैखिदैनथ्यो । अझै राजमार्गमा स्यालहरु कराउँदै कुदीरहेका भेटीन्थे । करीब रातको ९ बजे मान्मामा आई बास बसीयो । थकीत हुँदा त कति चाडो बिहान हुन्छ ? फेरी मिति २०७६÷०८÷०७ गतेको कार्यक्रमको व्यवस्थापन गरी कार्यक्रम सफलतापूर्वक सम्पन्न गरीयो । अनी भोलीपल्ट फेरी उही करिब ९ घण्टाको फिर्ती यात्रा शुरु गरीयो । फर्कदा बाटोमा केही संस्थाहरुको अवलोकन समेत गरीयो ।
कालिकोटमा रहँदा यहाँको सामाजिक, आर्थीक, सांस्कृतिक अवस्थालाई नजीक बाट नियाल्ने मौका मिल्यो । पिछडीएको जिल्लामा सूचीकृत भएको जिल्ला भएता पनि त्यती धेरै पिछडीएको छ जस्तो अनुभूती भएन । कर्णाली प्रदेशको विभिन्न जिल्लामा पुगिरहँदा विकासको संभावना धेरै बोकेको छ यो प्रदेशले बस यहाँ असल शासक, असल प्रशासक र नविनतम प्रविधिको खाँचो छ ।










































#Travelling_Kalikot
https://www.facebook.com/Pmmsh/posts/2559250187476655

Comments