पश्चिम नेपालका प्रसिद्ध ३ पुल 👇👇

@PMM
सिंगल पिलर ब्रीज

  • लम्बाई : ५०० मिटर👉👉
  • चौडाई : १० मिटर
  • पुल सुचारु भएको : सन् १९९४ मा (२६ वर्ष अगाडी)
  • यस पुलको डिजाइनर : Steinman Boynton Gronquist and Birdsall

  • यस पुलको निर्माण जापानको Kawasaki Heavy Industries ले गरेको हो ।
  • पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्र्तगत बर्दिया र कैलाली जिल्लालाई जोड्ने कर्णाली नदीमाथी निर्माण भएको पुल ।
  • एउटै पिलरबाट निर्माण भएकोले यसलाई सिंगल पिलर भनीएको हो । 
    @PMM_@Single Pillar Bridge
  • यस पुल भएको ठाउँलाई चिसापानी भनीन्छ ।
  • बाँके र बर्दीया जिल्लामा अवस्थीत बर्दीया राष्ट्रिय निकुञ्ज समाप्त पछी यस पुलमा पुगिन्छ ।
  • धेरै आन्तरीक र बाह्य पर्यटकहरु यस पुलको अवलोकन साथै ¥याप्टीङ्ग गर्न समेत आउने गर्दछन् । 
  • यहाँ कर्णाली नदीको माछाको परिकारहरुको स्वाद लिन सकीन्छ । 
  • यस पुलको अवलोकनमा पुगेको मिति २०७७ मंसिर २० गते ।

@PMM
@PMM_ Dodhara_Chadani Bridge
दोधारा चाँदनी झोलुङ्गे ब्रीज 

  • कुल लम्बाई  : १४५२.९६ मिटर👉👉
  • चौडाई       ः १.६ मिटर
  • पुल सुचारु   ः सन् २००५
  • डिजाइनर   : नेपाली इन्जीनीयर
  • आधिकारीक नाम : Dodhara Chadani Multispan Pedestrian Bridge
  • कञ्चनपुर जिल्लाको महाकाली नगरपालिका अन्र्तगत साविकको महाकाली पारीको दोधारा र चाँदनी गा.वि.स.लाई जोड्ने महाकाली नदी माथी निर्मीत झोलुङ्गे पुल ।
  • एकदमै व्यस्त रहेको यस झोलुङ्गे पुलमा साइकल, मोटरसाइकल र पैदल यात्रीको आवतजावत बाक्लो हुने गर्दछ । 
  • त्यहाँबाट पश्चिममा भारतको उत्तराखण्ड नजीकै रहेको छ भने ५ कि.मी. को दुरीमा शुक्लाफाँट वन्यजन्तु आरक्ष र ९.४० कि.मी. को दुरीमा महेन्द्रनगर रहेको छ । 
  • यस पुलको अवलोकनमा पुगेको मिति २०७७ मंसिर २१ गते ।

@PMM_Longest Bridge of Nepal
कर्णाली गेरुवा ब्रीज 

  • नेपालको सबैभन्दा लामो पुल पूर्व पश्चिम हुलाकी राजमार्ग अन्र्तगत कर्णाली नदीमाथी निर्मीत गेरुवा पुल लुम्बीनी प्रदेशको बर्दीया जिल्लामा अवस्थित छ । 👉👉
  • कुल लम्बाई : १०२५ मिटर (३,३६२ फिट)
  • वि.स. २०७२ सालमा यस पुलको निर्माण सम्पन्न भएको हो । 
  • बर्दीया राष्ट्रिय निकुञ्जको नजीकै रहेको यस पुलमा धेरै आन्तरीक पर्यटकहरु घुम्न आउने गर्दछन् ।
  • @PMM_Longest Bridge
    थारु समुदायको बाहुल्यता रहेको यस क्षेत्रमा थारु सँस्कृतिको अवलोकन गर्नुका साथै बर्दीया राष्ट्रिय निकुञ्जमा पनि मज्जाले मनोरञ्जन गर्न सकीन्छ ।
  • Visit : Lumbini & Far Western Province _2077 Mangsir 20 to Mangsir 23_Banke, Bardiya, Kailali, Kanchanpur, Doti and Dhadeldhura
  • @PMM_With Suman Kumar Pandey

Follow  me :👇👇
Mishraparash.blogspot.com
Facebook: मिश्र पारश
YouTube: Search: Share Knowledge with PMM
Twitter : PmmMishra



Comments