Never Forget This Travel

Never Forget.....
Waiting Airlines....
हिजाे सांझ 4:30 मा बस चढियाे ३० गते ktm पुग्नैपर्ने 31 गते काे अाफ्नाे काम....तर राति 2 बजे दाङमा बस बिग्रिएकाे खबर अायाे ।।। अर्काे बस पाउन सकिएन २ वटा बस ktm जाने त अाए तर अलि जंगल नजिक बिग्रिएकाे ले बस नै डराएजस्ताे गरेर राति बस राेक्नै मानेन अनि बिहान ५ बजेसम्मकाे त्यहि बसाई बल्ल तल्ल 7 बजे बस बनाएर तयार भयाे, अनि अलि अलि अाशा लाग्याे ktm त सांझ पुगिन्छ ।।। अनि बिहान ९:३० मा बुटवल पुगियाे जाँदै गर्दा; नवलपरासिकाे दाउन्ने नजिक गाडिकाे लस्कर देखेर मन भड्कियाे, बुझ्दा त 15 km लामाे जाम रे, पुल नै भत्किएकाे बनाएकाे वैकल्पिक मार्गमा पनि अत्याधिक लाेड का कारण 1 घण्टामा 8 वटा गाडि मात्र एकतर्फि पास हुने त्याे हिसाबले हाम्राे पालाे राति ८ बजे मात्र अाउने,,, अब निराश भईयाे कार्यक्षेत्र तिरै फर्किने साेच बनाए । फेरि त्यहां चाउचाउ Rs 40, water Rs. 40 हाेटल कतै देखिएन, यसलाई भन्छ हाम्राे बाेलिचालिकाे भाषामा माैकामा चाैका । त्यतिकैमा बुटवल हुंदै पाेखराबाट ktm जाने कुरा अायाे।।।। 12 बजे सम्म खाना खाईएकाे छैन भाेक उस्तै ।।। अनि मैंले नै अाग्रह गरे बुटवलबाट पाेखरा हुँदै जाउ भनेर गुरूजि लाई, गुरूजिले सर्त राखे सबैले रू३०० थप्ने हाे भने,,, मैंले त सहर्ष स्विकारे गाडिकाे १५ घण्टा हिंडाईले वाक्क भएका यात्रुलाई कन्भिन्स गराएर रू.३०० थपेर फेरि वुटवल फर्कियाैं ।। बिचमा साना साना गाडिलाई request गरे तर सुनेन् अनि पाेखरा हुँदै जाने भनियाे तर गुरु जि ले बाटाे लामाे छ राति १ बजे पुगिन्छ भनेपछि म नै अांतिए त्याे राति कहांबाट हाेटल पाउने ? त्यहि पनि बाटाे राम्राे भएकाे अवस्थामा । साेचे अाफ्नाे काम नहुने नै रहेछ, घर नगएकाे धेरै भयाे ktm बाट उतै जानू पर्याे भनेर ।। किन किन मन मानिरहेकाे थिएन । बेला बेला त काम गर्न नि कहाँ अाएछु जस्ताे feeling भयाे ।
त्यसपछि; वुटवलबाट पाेखरा हुंदै ktm जाने भईयाे ।। बुटवल फर्किंदा वर्दघाट मा खाना खाईयाे ।। खाना खाईसकेपछि Google Map हेरिरहेकाे थिए गाैतम बुद एयरपाेट नजिकै देंखे ।। अनि झट्ट दिमागमा टिकट हेर्ने idea अायाे ।।Sunrise Bank काे smart app बाट टिकट हेरे above 4000 रहेछ।।। 3 बजेकाे काट्न खाेजे भएन 10 पटक try गर्दा बल्ल बल्ल shree airlines काे 6:18 काे टिकट Confirm गरे mobile नि switch off भयाे र फर्केकाे बसबाट बुटवल झरेर भैरहवा काे बस समाते ३ बजेतिर ।।। त्यहि बसमा भेटियाे Thrain Jing young, Chinese Tourist.. उसंग करिब 40 मिनेट गफ भयाे, नेपालका धेरै ठाउंहरूकाे बयान गर्याे, त्याे यात्राकाे पीडा उहीँ संगकाे गफमा भुंलिए त्यतिकैमा पैसा उठाउंदै बसकाे सर अाउनुभयाे, गाडिमा बुद चाैकमा अाेर्लिएर पुन अर्काे गाडि चढेका थियाैं हामि (म र Chinese Tourist) र , अर्काे गाडि चढ्दा उ लुम्बिनि जाने थियाे भने म Airpot, Airpot काे Rs.15 भाडा थियाे भने लुम्बिनिकाे Rs.50 मलाई 15 लियाे उसलाई 200 भन्याे । तर चाईनिज म्यान कति बाठाे उसलाई उसकाे साथि याे भन्दा अगाडि अाउंदा 30 तिरेकाे रहेछ, त्यति नै ठिक पारेकाे रहेछ, मेराे एकछिन गाडिवाला संग भनाभन भयाे विचरा उसंग खुद्रा रहिनरहेछ मैैंले नै Rs.50 दिएं , उ मेराे साथि हाे भन्दै, That time He was very happy.....मेराे अाेर्लिने समय अायाे म उसंग विदा मागे.....अनि उसलाई फेरि पैसा माग्याे हाेला जस्ताे लागिरहेकाे छ।।। नेपाली बाेल्न अाउंदैन उसलाई ।।। पाहुना प्रति यस्ताे संस्कृति भएकाे मेराे देशमा Visit Nepal 2020 सफल हाेलार ??? जस्ताे अनुभूति हुन्छ....अहिले गाैतम बुद बिमानस्थल भैरहवाबाट लेखिरहेकाे छु ।
अाज रक्षा बन्धन रहेछ ।।। Facebook ले थाहा भयाे ।।।Happy Rakchyabandan to all....


















Comments