अहीले कर्णालीमा पैसा होइन, सामग्री चाहीएको छ, ढिलो होइन, तत्काल चाहीएको छ, गफ होइन, मात्र काम चाहीएको छ ।

कर्णालीमा पैसा होइन, सामग्री उपलब्ध गराउ, प्रोजेक्टहरु भेरीमा बगे की ? कर्णाली नदीमा ?

पारश मणी मिश्र
          हाम्रो मानसिकता यस्तो छ, पैसा भएपछी सबै थोक हुन्छ । यसमा पनि धेरै नेतृत्वकर्ताको सोच यही नै छ । हाम्रो जस्तो भौगोलिक विकटता भएको मुलुकमा करोडौँ रकम उपलब्ध गराएपछी सबै व्यवस्थापन भइहाल्छ भन्ने सोच नराखौँ । आजसम्म एक हप्ताको अवधीमा मात्र कर्णाली प्रदेशको दैलेख, सुर्खेत र डाेल्पामा गरेर कारोना भाइरसकै कारण तीन जनाले ज्यान गुमाइसकेका छन् । सबैलाई थाहा छ, सबैभन्दा बढी गरीबी भएको र विकट मानिएको प्रदेश भनेकै कर्णाली प्रदेश हो । यहाँ सबै स्थानीय निकायमा यातायात, सञ्चार, विद्युत्, स्वच्छ खानेपानी पुग्न नसकेको अवस्था छ । जिल्ला सदुरमुकाममा समेत सबै सामग्रीहरु किन्न पाइदैन । जिल्लाको स्थानीय निकायबाट प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगर पुग्नै यातायातमा १ दिनभन्दा बढी लाग्छ । जिल्ला सदरमुकामको त के कुरा गरौँ ? प्रदेशको राजधानी सुर्खेत नै अधिंकांश सामग्रीको लागि नजीकको शहर नेपालगञ्ज र भारतको भर परीरहेको अवस्था छ । यता प्रदेश सरकारले स्थानीय निकायलाई १३ करोड २० लाख पठाएको जानकारी गराएको छ, तर स्थानीय निकायमा बजेट रकम पुग्छ, सामग्री पुग्दैन, स्वास्थ्य सामग्रीको त त्यसै अभाव छदैँछ क्वारेन्टाइन निर्माणका सामग्रीको लागि स्थानीय निकायले सामग्री ल्याउन प्रक्रिया थाल्छन्, सबै सामग्री सदरमुकाममा पाइदैन, जहाँ जहाँ छ, त्यहाँ बाट थोर थोरै उठाएर ल्याउन प्रक्रिया मिल्दैन, प्रक्रिया नमिलेपछी भ्रष्टचार ठहरीन्छ, भ्रष्टचार भएपछी मुद्दा चल्छ अनी कसरी व्यवस्थित हुन्छ, क्वारेन्टाइन ? त्यही क्वारेन्टाइनबाट संक्रमण बढ्ने प्राय निश्चित नै छ । कालिकोट, जुम्ला, डोल्पा, हुम्लाका धेरै स्थानीय जनप्रतीनीधिले समान नभएर क्वारेन्टाइन व्यवस्थीत नभएको स्विकार गरीरहेका छन् ।  तर पनि केन्द्र र प्रदेश सरकार फेरी पनि बजेट पठाएको कुरा गरीरहेको छ । क्वारेन्टाइनमै हुनेहरुले घर बाटै सुत्ने खाने सामग्री ल्याइरहेका छन् । कारोनाको औषधीको नाममा माधकपदार्थको सेवन गरीरहेको समाचार आइरहेको छ, अव्यवस्थीत क्वारेन्टाइनले कर्मचारी र जनप्रतीनीधि नै आक्रमणको शिकार भइरहेका छन् । अनी संक्रमण नफैलिने कुरै भएन नी ? अनी कसरी हुन्छ कर्णालीमा कोरोना नियन्त्रण ? सुरुवाती दिनमा केन्द्र सरकारले हेलीकप्टर नै चार्टर गरेर स्वास्थ्य सामग्रीहरु जिल्ला जिल्ला मात पुर्याएको हो तर अब कर्णालीमा संक्रमणको दर उच्च हुँदैछ, उपलब्ध भएका स्वाथ्य सामाग्री सकीदैछन् । पि.सी.आर को क्षमता न्यून छ । अनी केन्द्र र प्रदेश सरकार अझै भन्छन्, बजेट पठाएका छौँ । बजेटले केही हुँदैन यहाँ, सामग्री चाहीएको छ । बेलैमा विचार पुर्याउनु जरुरी छ । अन्य रोगहरुको समेत राम्रो उपचार नपाउने कर्णालीमा कोरोनाको नियन्त्रण यही तरीकाले कसरी संभव होला ? फेरी चेतनाको स्तर निकै कमजोर छ धेरै ठाउँहरुमा, कारोना रोकथामको अर्को औषधी चेतना पनि हो, भन्ने हामीलाई थाहा छँदैछ । धेरै समयको लकडाउनपछी खाद्यन्न सामग्रीहरुको पनि अभाव हुँदैछ, यस्तो पाराले कर्णालीमा भोकमरीको समस्या आउँदैन भन्न सकिन्न । अब केन्द्र र प्रदेश सरकारले सामग्रीरुको उपलब्ध गराउने र स्थानीय निकाय व्यवस्थापनमा जुट्नुपर्ने देखिन्छ । अहीले देखी नै खाद्यन्नको जोहो गर्न थाल्नु आवश्यक छ प्रदेश सरकारले । नत्र संक्रमण समुदायस्तरमा फैलिन थालेपछी त्यहाँको मानिसको चेतना र भौगोलिक विकटता अनी कोरोना भाइससँगकाे लडाँइमा जीत हाँसील गर्नु भनेकाे ढुंगा चपाउनु जस्तै हुनेछ ।
अर्को तिर कर्णाली भन्ने वित्तिकै हाम्रो दिमागमा त्यहाँ धेरै प्रोजेक्टहरु छन् भन्ने एउटा भुत नै चढेको छ । यो साँचो पनि थियो भूतकालमा तर अहीले वर्तमानमा यो गलत सावित भएको छ । किनकी अब त्यहाँ प्रोजेक्टहरु छैनन् । बस त्यहाँ अहीले जनता र सरकार मात्र छन् । प्राजेक्टहरु कर्णाली नदीमा बगे की, भेरी नदीमा बगे थाहा छैन ? की कुनै गुफा भित्र लुके त्यो पनि थाहा छैन । कर्णालीका प्रत्येक स्थानीय तहमा प्रोजेक्ट पुगेको छन् यो संकटको समयमा स्थानीय सरकारसँग सारथी बनेर काम गर्नुपर्ने प्रोजेक्टहरुले कुनै सहयोग गरेको समाचार सुन्न पाइएको छैन । तर विडम्बना हामी त्यसैको पछी कुद्छौँ । संकटको समयमा सहयोग नगर्ने प्राजेक्टहरुको पनि पहिचान गर्न जरुरी छ, सोहीअनुसार सरकारले कार्यक्रम अगाडी बढाउनुपर्छ अब । हजारौँ कर्णालीबासी आफ्नो घर फर्किरहेका छन्, तिनीहरुको व्यवस्थित परिक्षण गर्न र उनीहरुको रोजगार उपलब्ध गराउन रोजगारमूलक कार्यक्रमहरुमा ध्यान दिन जरुरी छ । कारोनापछीको बढ्दो बेरोजगारीले समाजमा हत्या, हिंसा, चोरी, लागुपदार्थ जस्ता विकृती बढ्ने संभावना छ । यसभन्दा अघी नै धेरै समाजिक कु–प्रथाहरुले जकडीएको कर्णाली प्रदेशको समाजमा कोरोनापछीका दिनहरुमा बढ्ने अन्य विकृतिहरु रोक्ने सन्र्दभमा सरकार र विभिन्न  प्रोजेक्टहरुले सोही अनुसारको कार्यक्रमहरु ल्याउनु जरुरी छ । यसमा सबै नागरीकहरुले सहयोग गर्नु आजको आवश्यकता बनेको छ । अहीले कर्णालीमा पैसा होइन, सामग्री चाहीएको छ, ढिलो होइन, तत्काल चाहीएको छ, गफ होइन, मात्र काम चाहीएको छ ।

"जसले समस्याको उपयोग गर्न सक्छ, उसले महानतालाई छुन सक्छ ।"          नेल्सन मन्डेला

Comments