साना किसान सहकारी संस्थामा बजेट निर्माण र कार्यान्वयनका केही पक्षहरु

पारश मणी मिश्र
साना किसान विकास बैंक


सामान्य अर्थमा सहकारी संस्थाहरुले वार्षिक रुपमा निर्माण गर्ने अनुमानीत आय र व्ययको अनि कार्यक्रमको समग्र विस्तृत रुपलाई त्यस सहकारी संस्थाको बजेट भनिन्छ । बजेट निर्माण गर्नुभन्दा अगाडी बजेटको अवधारण, विशेषता, उद्देश्यहरु, यसका कार्यहरु, बजेट निर्माण गर्दा ध्यान दिनुपर्ने विषयहरु, श्रोतहरु भित्रने र वाहिरिने पक्ष र मात्राहरुकोे बारेमा पनि जानकारी हुन जरुरी छ । अहिले चैत्र र बैसाख महिना भनेको साना किसान सहकारी संस्थाहरुको बजेट निर्माणको प्रक्रियामा रहने समय भएकोले, संस्थाले बनाउने बजेटका सम्बन्धमा केही जानकारी अनुभवहरु शेयर गर्न यो लेख तयार गरिएको छ ।

बजेटको अवधारणा

        विश्वमा बजेट प्रणालीको इतिहास पूरानो छ । सरकारी बजेटमा जनप्रतिनिधीको नियन्त्रण कायम गर्नुपर्छ र बजेट योजनाबद्ध रुपमा खर्च गरिनुपर्छ भन्ने मान्यता सन् १२१५ जुन १५ को म्याग्नाकाटा र बेलायती संसदमा पेश भएको बिल अफ राइट्स बाट आएको हो । संसदमा नै आय र व्यय अनुमान तर्जुमा गरी पेश गर्ने कार्य सर्वप्रथम बेलायती अर्थमन्त्री रोवर्ट वालपोलले सन् १७३३ मा गरेको हुँदा त्यसै समयकाल देखि सरकारको वार्षिक आय र व्ययको अनुमानलाई बजेट भन्न थालीयो ।
सरकारले प्रजातान्त्रीक पद्धती मार्फत नै वार्षिक रुपमा बजेट जारी गर्ने कुरा त हामीलाई अवगत छदैछ । साना किसान सहकारी संस्थाहरुले पनि आगामी बर्षको लागि चालु चैत्र बैसाख महिनामा बजेट बनाउने अभ्यास गर्दै आएकाछन् । सहकारी संस्था पनि प्रजातन्त्रीक पद्धतीको अनुसरण गर्ने एउटा सदस्य केन्द्रित सामाजिक वित्तिय संस्था भएकोले सहकारीसंस्थामा समेत बजेट प्रणालीको अवलम्बन गरीँदै आएको छ ।

साना किसान सहकारी संस्थामा बजेटको उद्देश्यहरु ः

१. संस्थामा आर्थीक स्थायीत्व कायम राख्नु ।
२. वित्तिय पारदर्शीता कायम राख्नु ।
३. सहकारी संस्थालाई नियन्त्रणमा राख्न ।
४. साधारण सभाबाट पारित नीति तथा कार्यक्रमलाई सफलता पूर्वक कार्यान्वयन गर्नु ।
५. संस्थामा उपलब्ध श्रोत र साधनकोको उच्चतम उपयोग गरी नतिजा प्राप्त गर्नु ।
६. संस्थामा पूँजीको निर्माण गर्नु ।
७. संस्थालाई सुशासनमुखी बनाउनु ।
 ८. सहकारी सम्बन्धी संघ, प्रदेश र स्थानीय सरकारले जारी गरेको नीति, नियम र योजनाहरुको कार्यान्वयन गर्नु ।
९. सदस्य तथा समुदायमा लक्षीत सेवाहरु प्रवाह गर्नु ।

साना किसान सहकारी संस्थाहरुमा बजेटका विशेषताहरु ः

अनुमानित विवरण ः यो संस्थाको अनुमानित आम्दानी र खर्चको विवरण हो । यसमा कार्यक्रमहरु, गतिविधीहरु पनि योजनागत हिसावले राखिन्छ । अनुमान भनिएपनि सो अनुमानका आधारहरु हुुनुपर्छ । जस्तै ः साना किसान सहकारी संस्थाले आगामी आ।व।मा एक करोड व्याज कमाउने आधार लिने हो भने, कति लगानी गर्ने, कति असुली गर्ने, कति जनालाइ गर्ने, कति व्याजदरमा गर्ने, त्यसको श्रोत कसरी जुटाउने जस्ता कुराहरुको छलफल र गणनाबाट आएको हुनुपर्छ ।
स्वीकृति ः यो संस्थाको विभिन्न उपसमिति, संचालक समिति र कर्मचारीहरुको छलफलमा तयार गरी सञ्चालक समितिबाट स्वीकृत गरी साधारण सभामा स्वीकृतिका लागि पेश गरीन्छ । यसलाई संस्थाको वार्षिक साधारण सभाबाट पारित गरेपछी कार्यान्वयनमा लगिन्छ ।
अवधि ः यो निश्चित समयावधी सामान्यतया १ वर्षको लागि तयार गरीन्छ ।
आधारहरु ः साना किसान सहकारी संस्थाका लागि बजेट बनाउदा, संस्थाको व्यावसायिक योजना, विगत बर्षहरुको कारोवारको प्रवृति९कुन हिसावले वृद्धि भइरहेको छ०, अवको कारोवार गर्ने योजना, आफ्ना सदस्यहरुबाट संकलन गरिने पुँजी९आन्तरिक श्रोत०, सदस्य विस्तार र ऋणी विस्तारको योजना, संस्थाका अन्य कार्यक्रमहरु, अन्य आफु जस्तै संस्था समेतलाइ आधार लिनुपर्नेहुन्छ ।
नीतिगत विषय ः पास भएर कार्यान्वयमा गएको बजेट भनेको त्यस बर्षकोलागि संस्थाको कार्यविधि जस्तै हुन्छ । त्यसलाइ उल्लंघन गर्न, त्यहा नभएका खर्चहरु तथा कार्यक्रम गर्न हुदैन । कुनै नगरी नहुने खर्च तथा कार्यक्रम भएमा सो समितिको निर्णयबाट गरेर नियमानुसार आगामी साधारणसभाबाट अनुमोदन गराउने अभ्यास छ । यद्यपि यो राम्रो अभ्यास होइन । बजेटलाइ संस्थाको कार्यविधी जस्तै कार्यान्वयन गर्नुपर्छ । 
निरिक्षण ः बजेटको निरिक्षण सम्वद्ध सवै पक्षले गर्नुपर्छ र गरिन्छ पनि । संस्थाको बजेट र सो को कार्यान्वयलाई लेखा समिति, बाह्य लेखा परीक्षण९अडिटर०, साना किसान लघुवित्त वित्तीय संस्था लि।, स्थानीय तहका सहकारी हेर्ने निकाय आदिले निरिक्षण गर्दछन, गरिरहेका हुन्छन । बजेट कार्यान्वयनको स्थीतीलाइ स्वीकृति भने साधारणसभाले दिन्छ ।
बजेट नै खर्च गर्ने स्वीकृती होइन ः बजेट छुट्टीएको भएपनि सो खर्च गर्ने स्वीकृति होइन । आवश्यकता र औचित्यताका आधारमा नियमानुसार मात्र खर्च गर्नुपर्नेहुन्छ । बजेट छ भन्दैमा खर्च गर्न पाइदैन ।

साना किसान सहकारी संस्थामा बजेट तयार गर्दा ध्यान दिनुपर्ने विषयहरु ः

१) संस्थाले आगामी बर्ष गरिने कार्यक्रमहरु तय गरेर, त्यसका लागि बजेट बनाउने । कार्यक्रमहरुमा ः सदस्य थप गर्ने, ऋणी थप   गर्ने, नयाँ क्षेत्रमा जाने, नयाँ सेवाको शुरुवात गर्ने, तालिम गर्ने, आदि हुनसक्छ ।
२) संस्थाको आन्तरिक श्रोत कति पुर्याउन सकिन्छ, केही थप सेवा राख्न सकिन्छ कि , ध्यान दिनुपर्ने । किनकि वाह्य श्रोत त्यही आन्तरिक श्रोतका आधारमा लिन सकिने हो ।
३) सहकारी विभागलगायत विभिन्न सरोकारवाला निकायहरुले जारी गरेको सहकारी सम्बन्धीमा ऐन, नियम, निर्देशिका र मापदण्ड ।
४) संस्थाको आफ्नो विनियम र अन्य कार्यविधिहरु ।
५) नेपाल सरकार र यस अन्र्तगतका निकायले जारी गरेको वर्तमान योजनामा सहकारीको उद्देश्य, प्राथमीकता र रणनीती ।
६) सहकारीका सदस्यको आवश्यकताहरु, उत्पादन, स्थानीय क्षेत्रमा प्रतिष्पर्धाको स्थीती, मानिसहरुको आयाको स्तर र  उपायहरु आदि ।
७) गत वर्षको कारोवारको सामान्यतया ३० प्रतिशतको वृद्धि गरेर बजेट बनाउन सकिन्छ । त्यो भन्दा धेरै र अति थोरै भए   कारणहरु उचित हुनुपर्नेहुन्छ । (नयाँ संस्थाको हकमा वृद्धिदर ३० प्रतिशत भन्दा धेरै नै हुनुपर्छ)
८) पुरानो संस्थाहरुले चालु वर्षमा बैंकसंग लिएको ऋणलाइ पनि आधार बनाइ आगामी बर्षको बजेट तय गर्नुपर्ने हुन्छ ।
९) बनाइएको बजेटका अंकहरु केवल अंक मात्र होइन, संस्थाको लक्ष्य हुने भएकोले सो पुरा हुन सक्छ सक्दैन, त्यसकालागि के गर्नुपर्छ , के उपाय लगाउनुपर्छ भन्ने कुरामा पहिले नै ध्यान दिनुपर्ने तथा तयारी गर्नुपर्नेहुन्छ ।
१०) बजेट बनाउदा, विगत वर्षको नाफा घटाउने गरि वा व्यावसाय घटाउने गरि बनाउनु हुदैन ।
११) संस्थाको व्यावसायिक योजनाले तय गरेको दिशा र लक्ष्यलाइ भेट्टाउने हिसावले बजेट बनाउनुपर्छ ।
१२) बजेटको कार्यान्वयनमा कस्को कस्तो भुमिका हुने हो सो ध्यान दिनुपर्नेहुन्छ ।
१३) लेखा प्रयोजनका लागि आवश्यक पर्ने खर्चका सवै शीर्षकहरु बजेटमा उल्लेखित हुनुपर्छ, अन्य विविध, भैपरि जस्ता विषय   नखुलेका शीर्षक एक भन्दा वढि हुनुहुदैन । कार्यक्रम छ तर त्यसका लागि यथोचित बजेट नभए बजेट उपयुक्त हुदैन ।

अन्त्यमा ः

            सहकारी संस्थाको बजेटमा समावेश गर्ने कार्यक्रमहरु संस्थाको समुह, अन्तर समुह, केन्द्र, एकाइ आदीमा समेत छलफल गरी त्यहाँबाट आएका गर्न सकिने कार्यक्रमहरुलाई बजेटमा समावेश गर्न सकिन्छ । यसो गर्दा सदस्यको मागलाई प्रत्यक्षरुपमा समेट्न सकीने भएकोले सहकारी प्रती सदस्यको सक्रियता बढ्दै जानेछ । 

          केही सहकारीका जिम्मेवार पदमा रहनुभएका पदाधिकारीहरुलाई  संस्थामा बजेट सम्बन्धी खासै जानकारी नभएको र संस्थाको बजेट कर्मचारी केन्द्रीत भएको गुनासो आउने गरेको पाइन्छ भने कतै बजेट एकातिर खर्च अर्कोतिर हुने, बजेट सिमा नाघ्दा पनि वास्ता नगर्ने गरेको पाइन्छ । यस्ता कुराहरुलाइ सच्याइ संस्थाका पदाधिकारी, लेखा समिति तथा कर्मचारीहरुले संस्थालाइ बजेट प्रणालीमा लैजानु, सो को माध्यमबाट सुसासित र व्यवस्थीत हुने बारे सबैले सहकार्य गर्नु आजको आवश्यकता हो । साधारण सभामा सहकारी संस्थाको बजेट बारे जिबन्त छलफल गर्ने र संस्थाको बजेट गतिविधी सम्बन्धी कम्तीमा पनि वर्षको २ पटक,  समिक्षा गर्ने परिपाटीको विकास गर्नसके उल्लेखित समस्या कम गर्दै बजेट प्रणालीका सकारात्मक पक्षको फाइदा संस्थालाइ तथा समग्र सबैलाइ पुर्याउन सकिन्छ ।

Comments