!!!!!! महामारीको तथ्यांक त यस्तो रहेछ नी !!!!!

!!!!!! महामारीको तथ्यांक त यस्तो रहेछ नी !!!!!

(विश्वमा कोरोनाले मानिसको मृत्यु १ लाख कटेपछी खोज्न मन लाग्यो ।)

अहीले हामीले प्रत्यक्ष भोगीरहेको कारणले हामीलाई अब मानवयुगलाई सिध्याउन यो भाइरस आएको भन्ने अनुभूती पक्कै भएको छ । तर यस भन्दा अघि विश्वमा धेरै महामारी फैलीएको कुरालाई बुझ्न जरुरी छ । तथ्यांकलाई हेर्दा  बिसौँ शताब्दीको सन् १९१८ को स्पेनीस फ्लुमा त्यस बेलाको जनसंख्याको आधारमा ०।९५ प्रतिशत (करिब १ करोड ७१ लाख भन्दा बढी) को मृत्यु भएको तथ्यांकसमेतलाई विश्लेषण गरेर केही हद सम्म मनलाई चित्त बुझाउने ठाउँ छ, तर उसबेलाको परिवेश र हालको परिवेश त्यसै पनि फरक छ । यस भाइरसको फरक किसिमको संक्रमणले अहीले हामी कोठामा सिमीत हुन पुगेका छौँ तर स्पेनीस फ्लुको महामारीमा समेत केही देशहरुले यो लकडाउनको विधिलाई अपनाएको रहेछन् भन्ने कुरालाई हामी सबैले बुझ्नु जरुरी छ । यस तथ्यांकलाई एकचोटी मनन गर्ने हो की ?

स्मरण रहोस् ः विश्वमा हरेक वर्ष विभिन्न संक्रमीत रोगहरुले औषत २,००,००० देखी २,५०,००० सम्म मानव जातीले यो धर्ती छोडेर गएको तथ्यांक छ ।
@So #Stay #Home, #Stay #Safe 

Comments