जुम्ला लक डाउन देखी झापा लक डाउन सम्म

जुम्ला लक डाउन देखी झापा लक डाउन सम्म

          मिति २०७६÷१२÷१० गते एका विहानै सामाजिक सञ्जालमा एउटा न्यूज पँढे “जुम्ला लक डाउन” । अन्य समाचारबाट पनि निश्चित गरे जुम्ला लक डाउन भएको कुरा । अनी लाग्न थाल्यो अवस्था विस्तारै जटील हुन्छ, किनभने इटाली र चिनको समाचारलाई मैंले राम्ररी नै पढेको थिएँ ।
त्यसपछी सँगै काम गर्ने केही साथीहरुले घर जानलाई फोन गर्नुभयो, तर कसरी जाने भन्दा उत्तर आयो “बाइक” । तर झट्टै आँट गर्न सकिन सुर्खेत देखि झापा करीब ९०० कि.मी. (झापा (घर) बाट काठमाडौँ पुगेर पुनः फर्किदा सम्म) को यात्राको निर्णय कसरी लिनु, फेरी बस र हवाइजहाजमा त कोरोनाको झन् बढी आतंक । फेरी मलाई बाइक कुदाउँदाको सुर्खेत देखी कालिकोटको गाल्झे सम्मको कठीन यात्राको अनुभव भने थियो । सुेर्खेतमै बसौं भन्दा बाहीर गाँसको व्यवस्था हुने मान्छेलाई लक डाउनले समस्या बनाउँछ भन्ने मलाई थाहा थियो । सबै समान यो कठीन समयमा व्यवस्थापन गर्न पनि गाह्रो । अफिसको टिमले त्यही बस्नलाई नभन्नुभएको होइन तर किन किन मन मानेन यो महामारीको बेला आफूलाई सहजता हुने निर्णय लिनुपर्छ भन्ने महसुस भयो । त्यसैले अफिसमा केही सल्लाह गरेपछी घर फर्कने निर्णय गरीयो । मिति २०७६÷१२÷१० दिउसोको ठिक १२ः०० बजे यात्रा तय गरीयो झापा सम्मको । असहज अवस्थामा नै असहज निर्णय लिनु पर्छ भन्ने मलाई थाहा थियो । झापा सम्मको बाइक यात्रा जोखीमपूर्ण नै थियो । योजना यस्तो थियो ः
– २०७६÷१२÷१० गते दिउसोको १२ बजे सुर्खेतबाट यात्रा तय ।
– सुर्खेतको छिन्चु बजारमा वुटबलसम्म सँगै जाने साथीसँग भेट ।
– २ः३० बजे बाँकेको कोहलपुर पुग्ने ।
– ५ बजे दाङ्ग पुगि झापा सम्म पुग्ने अर्को साथीलाई भेटी सँगै जाने ।
– ९ बजे वुटवल पुगि त्यही बास बस्ने र भोली पल्ट (२०७६÷१२÷११ गते) राती सम्ममा घर पुग्ने योजना थियो ।
योजना अनुसारको व्यवस्थापन हुन सकेन । सुर्खेतको सिम्तामा हुने साथीले ढिलो गर्नुभएकोले फोनमा दाङ्ग मै भेट गर्ने योजना बनाईयो र हामी ४ बजे नै दाङ्ग पुगियो । दाङ्गमा हुँदै खेरी काठमाडौंको रिपोर्टमा नेपालीलाई कोरोनाको पुष्टि भएको कुरा थाहा भयो । दाङ्गमा साथी भाईसँग भेटघाट भएर नास्ता खायौ नास्ता खान नीे डरमर्दो थियो । त्यसैले सकेसम्मको सावधानी अपनाई नास्ता लिएर गाडीमा फूल टेङ्की तेल हाली वुटवल तर्फ लागियो । महेन्द्र राजमार्ग भएनी राती गाडी कुदाउन कति गारो हुन्छ थाहा नै छ । त्यही माथी दाङ्गको पहाड पनि ।
बुटवल आइपुग्न लाग्दा गाडीको लामालस्कर देखीयो । अब लाग्यो लक डाउन सुरु भएछ । अनी सकी नसकी गाडीको साँघुरो ठाउँबाट साधनलाई अगाडी बढाएँ र प्रहरीसम्म पुगेर बुझ्दा थाहा भयो सार्वजनीक बसलाई बन्द गर्नु भनेर निर्देशन आएको कुरा अनी हामी अगाडी बढ्यौँ । जब बुटवल पुगेर मोवाइल हेर्दा धेरै जनाको फोन आएको रहेछ अनी साथी सँग बुझ्दा थाहा भयो की भोलि बिहान ६ बजेबाट नेपालको सबै ठाउँमा लक डाउन रे । बुटवलमा खाना खाएर साथीहरुसँग छलफल गर्दा योजना परिवर्तन गरी रातभरी नै साधन कुदाउने योजना बनायौँ बुटवल सम्म आइपुग्दै ९ घण्टा भइसकेको थियो साधन चलाएको । बुटवलमा साथीले यतै बस्न धेरै आग्रह गर्नुभयो र भन्नु भयो नेपालमा त्यस्तो धेरै लक डाउन हुँदैन जान सकिन्छ भोली नै जानु भन्नुभयो तर हामीले मानेनौं यो हाम्रो लागि हो, यसलाई पालना गरेनौँ भने हाम्रोमा ईटालीको हालत हुन्छ भन्ने कुरालाई बुझी त्यहाँ बाट रातको ९ः३० बजे हामी हिँड्यौँ र नारायणघाटमा पुगेर विश्राम गर्ने योजना बनायौँ । त्यती राती साधन चलाएर जांदा कुदाउन निकै गाह्रो भएको महसुस भयो । रातको १ः०० बजे हामी नारायणघाट पुगि एकछिन विश्राम ग¥यौँ । अनी हेटौँडालाई तार्गेट बनाइ त्यहाँबाट हिँड्यौ जब रातीको २ः३० बजे हेटौँडा पुग्यौँ, अब शरीरको दुखाई अत्याधीक भइरहेको थियो त्यहाँ शरीरलाई तन्काएर फेरी यात्रा तय गरीयो । त्यो यात्रा कति सम्म कठीन थियो कुरै नगरौँ । लक डाउन हुँदा के गर्ने भन्ने त्रास, राती जंगलको बाटोको त्रास, ट्रकको लाइटको त्रास, घुमाउरो बाटोको त्रास, विहान हुँदै गएपछी निदाइन्छ की भन्ने त्रास, पछाडीको साथी निदाउँछन् की भन्ने डर, कँंही केही खाँदा कोरोना संक्रमणको डर यस्तै यस्तै । पथलैयाको जंगलको डर मान्दै मान्दै विहानको ५ बजे रौतहट आइपुगियो । सावधानी अपनाई चिया लिएर त्यहाँबाट यात्रा तय गरीयो । विहानको ६ बजे बर्दीवास आइपुग्दा Painkiller खान पाए नि हुन्थ्यो जस्तो भयो । अब सुरु भयो लकडाउनको यात्रा । यस्तो थियो त्यहाँबाट लक डाउन ः
– बर्दीवासमा मानिसको चहलपहल विहान ठिकठिकै थियो, सवारी साधन केही चलेका थिए, सायद विहानै भएर होला त्यहाँ Lock Down को महसुस भएन । त्यसैले खुसी हुँदै अगाडी बढीयो ।
– विहानको ९ बजे सिराहा आइपुग्दा लक डाउनको चहलपहल सुरु भयो प्रहरीहरु बाटोमा तैनाथ देखिन्थे । साथीहरुले यात्राको पिडा र निन्द्रा खप्न नसकेर सर्लाहीको एउटा चउरमा एकछीन सुत्नुभयो म पनि त्यही आराम गरे ।
– प्रहरीको चहलपहल बाक्लिँदै गयो । अब घर सम्म पुगिदैन की भन्ने लाग्यो । प्रहरीहरुले भने हाम्रो समस्याको जानकारी गराउँदा, यस्तो भन्नुभयो –“प्रदेश १ सरकारले प्रदेश २ को सिमानाबाट पस्ने कुनै पनि नागरीकहरुलाई प्रदेश १ मा १२ बजे पछी छिर्न नदिनु, जहाँ बाट आएको हो, त्यतै पठाइदिनु भन्ने निर्देशन छ, त्यही भएर चाँडो र होसीयार पूर्वक जानु” भनेर सल्लाह दिनुभयो ।
– कडा लकडाउन हुन्छ भन्ने सुचना पाएपछी गाडीको रफ्तार बढीरहँदा गाडी कुद्न मानेन गाडीमा समस्या देखीयो । मिटरमा तेल आधा देखाएको थियो, हतारको समयमा त्यसैमा भर परे म । तेल पास भएन भनेर खोलेर हे¥यौँ । अधा घण्टा गाडीको तनाव भयो । मिटरले तेल देखाएकोले सकिएको अड्कल काटीएन भरे त्यसको प्राथमीक उपचार पछी तेल नभएको पुष्टि गरीयो र अर्को बाइकबाट तेल हाली यात्रा तय गरीयो । यो बाट एउटा सिकाइ भएको महसुस भएको छ ।
– अब यो सुनेपछी विस्तारै कुदाउने कुरै भएन अनी बाइकको गतिलाई अगाडी बढाइयो । यसरी हिँडिरहँदा प्रदेश २ का धेरै जिल्लाहरुमा नागरीकहरु माछा मार्न भिड गरेको देख्दा साह्रै दुख लागिरहेको थियो, प्रहरीहरु घरमा बस्न आग्रह गरीरहेका थिए । तर उनीहरुले प्रहरीको आग्रहलाई नसुनेजस्तो गरीरहेका थिए ।
– सप्तकोशी तरीसकेपछी अब शुरुभयो कडा लकडाउनको यात्रा । कति ठाउँमा परिचय कार्ड हेरेर हामीलाई जान अनुमति दिईयो भने कति ठाउँ वैकल्पीक बाटो प्रयोग गर्न सुझाव दिईयो । वैकल्पीक बाटो प्रयोग गरेर फेरी महेन्द्र राजमार्गमा निस्की पुनः चेकीङ्ग, फेरी उही समस्या गर्दै बल्लतल्ल ११ः३० बजे इटहरी कटीयो । खानाको टुङ्गो छैन ।
– दिनको १२ः०० बजे कानेपोखरी पुगि एउटा सानो पसलमा चना र चिउरा चपाउँदै भोकलाई मेट्ने प्रयास गरीयो । त्यहाँ करीब १ घण्टा आराम ग¥यौँ । अनी एक जना साथीलाई त्यही छोडीयो ।
– अब हामी घरतर्फ लाग्यौँ । ठाउँ ठाउँको चेकीङ्गले वाक्क दिक्क लागे पनि म धेरै खुसी नै थिए यसरी नै गर्ने हो भने करोना सँग केही हदसम्म सफल हुन्छौँ की जस्तो लाग्यो ।
– प्रहरीले चेकीङ्ग गरीरहँदा एउटा प्रहरीले भनेको कुरा अझै याद आइरहेको छ, "सर तपाईहरु यत्रो टाढाबाट आउनु भएको रहेछ, यो बाटो नजानुहोस्, अर्को बाटो जानु अर्को चेकीङ्गमा हाकीम हुनुहुन्छ, फेरी हामीलाई किन आउन देको भन्नुहुन्छ," अनि अलिअलि हाँस्यास्पद नि लाग्यो तर हाकीमको शक्ति भने कोरोनाभन्दा खत्रा😀 नै लाग्यो ।
– हिजो पहिलो दिन स्वभावैले पूर्ण रुपमा लक डाउन हुन सक्दैन । तर पनि सुनसरी, मोरङ्ग र झापाको लकडाउन प्रशंसनीय लाग्यो । यो सबै जिल्लामा हुनु जरुरी छ । यात्रामा दुःख पाउँदा पनि राज्य र नागरीकको सक्रियताले धेरै खुसी लागेको छ ।
अन्त्यमा ३ बजे घर आइपुग्दा सर्वप्रथम परिवारबाट टाढै भएर सरसफाई गरीयो । मसँग भएको सामान छुट्टै राखी सरसफाई गरीयो अनी अरुसँग नी त्यती सम्पर्कमा नगई आराम गरीयो । हाल सम्म कुनै पनि प्रकारको लक्षण रुघाखोकी, ज्वरो देखीएको त छैन, बस् शरीरको थकान मात्र ।

बाइकको मिटरअनुसार ९७५ कि.मी.
२१ वटा जिल्ला हुँदै यात्रा ।
अहिले सम्म थकान मेटीएको छैन ।
#Fight with #Corona
#Followthegovernment #Rules

Comments