सुर्खेत, सल्यान, रुकुम पश्चिम, जाजरकोट

कर्णाली प्रदेश
१. सुर्खेत
२. सल्यान
३. रुकुम पश्चिम
४. जाजरकोट
सानो छंदा सायद कक्षा ३ वा ४ मा पढ्दा किताबमा पढेको र आदरणीय गुरुले भनेको कुराको याद आउंछ बेला बेला “संसारको सबैभन्दा ठूलो वस्तु के हो ?” अनी धेरै साथीहरुले कापीमा उत्तर लेखे, पानी, पृथ्वी, माटो, हावा, कलम यस्तै यस्तै । अनी गुरुको उत्तर ः समय । पाठको नाम ः समयको महत्व ।

समयले नै आज जन्म र कर्म जिल्ला छोडे पनी आफ्नै देशको अन्य ठाउँ भन्दा विकट मानीएको कर्णाली प्रदेशमा आफ्नो बौद्धीकताको प्रयोग गर्न पाएको छु । सोचे भन्दा फरक ठाउँमा आएर आफ्नो क्षमता र योग्यता सफल हुने हो÷होइन भन्ने विषयले बेला बेला झस्काइरहन्छ । तर पनि यहाँको समाज र एउटै सानाकिसान अभियानका सहकर्मी आदरणीय सरहरु र अन्य अग्रज व्यक्तित्वहरुको साथ र सहयोग ले पक्कै सफल हुन्छु भन्ने केही टुसा भने पलाएको महसुस हुन्छ । एउटा सानो तर दिर्घकालीन अभियानमा होमीएर आजको समयमा कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा कार्य गर्ने अवसर दिनुहुने सना किसान कृषि सहकारी संस्था, पृथ्वीनगर, साना किसान विकास बैंक र सम्पूर्ण आदरणीय गुरुहरुलाई सम्झीरहेको छु ।
यहाँ प्रत्यक्ष आएर केही जिल्ला भ्रमण गर्दा कर्णाली हामीले सुनेको र पढेको भन्दा धेरै फरक लाग्छ । कर्णाली भन्ने वित्तिकै हाम्रो मानसपटलमा झुम्मीने विकट, गरीबी जस्ता शब्दले गर्दा हो, कर्णाली जस्तो पवित्र नदीमा दाग लागेकोे । संभावना धेरै छन् र संभवानालाई पूरा गर्न पूर्वाधार निर्माण यस्तो भौगोलीक विकटता भएको ठाउँमा प्रशंसा गर्न लायक नै भन्नुपर्छ । अझै पुर्वाधार निर्माणको गति अगाडी बढीरहेका छन् । यो मन त्यसै खुसी भएर आउँछ, जब विकट भनीएका गाउँहरुमा घरको अगाडी मानीसहरुले गाडीलाई कुरीरहेको देख्दा, कुनै समय गाडीको लागि ८÷९ घण्टा हिंड्नुपर्थ्यो त्यही ठाउँ । सञ्चारमा इन्टरनेट, जलविधुत आयोजना, पर्यटन, स्वास्थ्य चौकी आदीको विकासले मन त्यसै खुसी भएर आउँछ, अनी आनन्दको लामो सास फेर्छु र सोच्छु, कर्णालीलाई हेर्ने नजरमा कहीले परिवर्तन हुने हो ? यसरी नै सुरुवात गर्दैछु........ क्रमश ः


https://www.facebook.com/Pmmsh/posts/2182045788530432


















Comments