कोरोना भाइरस (COVID_19)

कोरोना
खै तिमी किन यती धेरै निर्दयी भयौ ?
विचरा आज बाच्ने आशामा त्यो वृद्ध आँखाले, तिमी अब सधैंको लागि जाउ भन्दैछ,
त्यो कलिलो मुनाले आज एक्लै बसेर आकाशमा हेरी तिमी त्यतै हरायौ होला भन्दैछ,
कसबाट तिमीलाई यती धेरै पिडा भएको छ, सुनाइदेउ यो संसारलाई
बस्, अब ती जरा र कोपिलाहरुलाई यसरी निमोठ्ने प्रयास नगर,
आज तिम्रै कारण मर्ने बेलामा पनि कसैको अनुहार देख्न पाएका छैनन्,
हामी हारी सक्याै‌, बन्द गर अब यो तिम्रो युद्ध,
यसपालीलाई यती नै गर तिम्रो गुनलाई विश्वले बिर्सीने छैन
तिमी साच्चै महान छौ, तिम्रो महानता ७ अर्बौ जनताले बिर्सने छैन,
बस यसैमा तिम्रो भलो छ, बाच्न देउ यो संसारलाई.............

Comments