पहीलाे दैलेख यात्रा

कर्णाली प्रदेश ....
१) सुर्खेत 
२) सल्यान
३) रूकुम पश्चिम
४) जाजरकाेट
५) दैलेख (Present)

२०७६/०७/०७ गते
दैलेखकाे ज्वाला...
किताबमा अध्ययन गरेकाे थिए, सञ्चार माध्यममा हेरेकाे थिए, पढेकाे थिए ।।।। लाग्थ्याे यस्ताे पनि हुन्छ र ?? ज्वाला निस्किरहन्छ ।।।
अफिसबाट कार्यक्रमकाे लागि सुर्खेतबाट विहान करिब ६:३० बजे करिब 3 घण्टा 30 मिनेटकाे बाईक यात्रा, पिच बाटाे भए पनि खल्ड्याङखुल्डुङ...पहिलाे पटककाे दैलेख यात्रा ।। १० बजे दैलेख काे नारायण न.पा. पुगियाे, साथि Anup Dhakal संगकाे भेट ।। संगै खाना खाईयाे, त्यसपछि हतार हतार कार्यक्रमतर्फ लागियाे ।। कार्यक्रममा माननीय प्रदेश सभा सांसद, नगर उपप्रमुख, जनप्रतिनिधि ज्युहरू लगायत अन्य अतिथिहरूकाे उपस्थितिमा र अतिथिहरूकाे नयां बसाई व्यवस्थापनमा दिउसाे ४:०० बजे सफलतापुर्वक समापन ।।
अब मलाई त्यहि ज्वाला हेर्ने धाेकाे थियाे अनुप सरलाई चांडाे निस्कियाैं भनेर ईसारा गरे वहाँ सहमत हुनु भाे, त्यसपछि रूम अाई न्यानाे लुगा लगाई बाईकमा कच्चि र धुलाे बाटाे करिब अाधा घण्टा काे यात्रा पछि ज्वाला निस्किएकाे ठाउँ भैरवि गाउंपालिकाकाे श्रिस्थान पुगियाे....सांच्चै अचम्म छ कसरी सानाे प्वालबाट ज्वाला निस्किएकाे छ, एक ठाउँ मात्र हाेईन ३ ठाउंकाे अवलाेकन गरियाे।। त्यति ठाउंमा मात्र हाेईन त्यहां त अरू ठाउंमा नि ग्यांस निस्किएकाे ठाउंहरू हेरियाे केही फाेटाेहरू लिईयाे ।। अनुसन्धान भईरहेकाे भन्ने बुझियाे तर यस्ता अनुसन्धान अनुसन्धानमा मात्र सिमित भएकाे रहेछ ।।।
अनि फर्कदा लाग्छ ... नेपालमा यति धेरै संभावना हुंदा पनि किन यस्ताे भईरहेकाे छ? बेला बेला त लाग्छ अध्ययन, अनुसन्धान, निर्माण, नेता, प्रसाशक सबै एउटै व्यत्ति हुन पाए ???। संभावित क्षेत्रकाे वास्ता नहुंदा अनेकाैं कल्पना अाउंदाे रहेछ ।।। यस्तै यस्तै....
अाज दैलेखमा अाएर तिहार काे याद अायाे रूममा बसिरहंदा तिहारमा राेटि बनाउनकाे लागि पिठाे कुटेकाे ढिकिकाे ढुघढुघ अावाज अाउंदा बेग्लै मजा छ दैलेखमा ।।
#Today #Dailekh #Journey

https://www.facebook.com/Pmmsh/posts/2492535007481507



















Comments