हत्या आरोप पत्रकार रवी लामीछाने

सन्दर्भः रवी लामीछाने

          श्रावण ३० गते देखीको आवाज..................... जसले जसरी मूल्यांकन गरे पनि, त्यो आवाजमा कुनै पार्टी सामेल भयो भने पनि, आवाज साच्चैँ बुंलन्द थियो । लाग्छ पत्रकारको नयाँ इतिहास बनेको छ । पत्रकारकै समाचारले समाचार पत्रमा पहिलो पेज पाएको छ, रेडीयो र टेलिभिजनमा प्रमुख समाचारको रुपमा गुञ्जयमान भएको छ, त्यै समाचार ।। सार्वजनीक स्थानमा चर्चाको विषय बनेको छ, त्यही मान्छे । सोच्छु उसले के गरेको थियो र ?? न त उसँग चिल्ला कार थियो, न त सुरक्षा गार्ड नै ?? न त उसले बाटो बनाएको थियो ? न त सार्वजनीक स्थानमा भाषण नै गरेको थियो ? न त उसले जनताहरुलाई भव्य रुपमा पार्टी नै दिएको थियो ? बस् त, एउटा आवाज दिएको थियो, त्यही आवाज आज धेरै नेपालीको प्यारो भएको जस्तो लाग्छ । कसैलाई त्यही आवाजको दाहसंस्कार गर्न मन लाग्छ ।
लाग्छ, त्यो आवाजले एउटा न्यायलयले दिए भन्दा बढी नै आवाज विहिनहरुलाई न्याय दिएको छ, तर त्यही न्याय दिने आज अरिङ्गालको पोका भित्र छिरेको छ, थाहा छैन त्यहाँबाट निस्कीन सक्छ÷सक्दैन ? निस्किन नसक्ने हो की भनेर मेहनेती मौरीहरु काम छोडेर सानो आवाजमा कराइरहेका छन् । मौरीहरु त्यही बुलन्द आवाजको खोजी गरीरहेका छन्, त्यो आवाज अरिङ्गालको पोकाबाट निस्किन नसक्ने प्रमाणीत भए, अब यस्तै अर्को आवाजको खाँचो छ यहाँ, आशा छ, अर्को आवाज जन्मीनेछ ।।।
फेरी सोच्छु ः कुर्सी भइदिएको भए धेरै जन्मीन्थे तर यो त केवल आवाज हो, यस्तो आवाजको लागि यहाँ करौडौँ खर्चेर ल्याएको उपकरणले पनि काम गर्नेवाला छैन ।।।

Comments